हेटौँडा/ हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएको जनाएका छन् । वायुसेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा २२० सम्म वृद्धि गरेको जनाएको हो । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि भएकाले हवाई सेवाको भाडा बृद्धि गरेको संघले जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैंया बढाएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा इन्धनमा लाग्ने शुल्क १७० रुपैंयाले बढेको छ ।
भाडा बृद्धि भएपछि काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि पुरानो भाडामा २२० रुपैंया बढेको छ ।
सेयर गर्नुहोस्


















