• मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालीकाद्धारा शिक्षक श्वर्णिम अबकास शिक्षकलाई सम्मान तथा बिदाई

हेटौडा टुडे
३० कार्तिक २०७८, मंगलवार १२:२३

हेटौँडा लामो समय शिक्षण पेशामा निरन्तर कार्य गरिरहेका १३ जना शिक्षकलाई मकवानपुरगढी गाउँपालीकाले शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत सोमबार सम्मान गरी बिदाइ गरेको छ ।

सम्मानित हुने शिक्षकहरुमा केदार नाथ ढुङगाना , गोबिन्द बहादुर तिमल्सिना , कौशिल्या कुमारी लुईटेल , अच्युत प्रसाद पोखरेल , रमेश कुमार पराजुली, सिताराम दहाल ,शुभद्रा लामिछाने, शत्रुघन दुलाल, सिताराम प्रसाद न्यौपाने, कृष्ण प्रसाद पराजुली , नारायण प्रसाद गौतम , ईन्द्रमणि सापकोटा, शिब प्रसाद लामिछाने रहनु भएको छ

मकवानपुरगढी गााउँपालीकाको आर्थिक बर्ष २०७८ र ७९ को स्वीकृत कार्यक्रम अन्तरगत यो योजना लागु गरिएको हो । कार्यक्रम अन्र्तगत शिक्षकहरुको अनिबार्य अबकास ६० बर्षमा हुने भए पनि बाकी उमेरको आधारमा प्रोत्साहन रकम निर्धारण गरीएको हो । ४ बर्ष सम्म सेवा अबधि बाकि रहेकालाई ३ लाख , ५ देखि ७ बर्ष सेवा अबधि बाकी रहेकालाई ४ लाख , ८ बर्ष वा ८ बर्ष भन्दा बढि सेवा अबधी बाकी रहदै शिक्षक श्वर्णिम अबकास कार्यक्रममा सहभागि हुने शिक्षकलाई ५ लाख रुपैया प्रोत्साहन रकम प्रदान गरीने छ ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा रहेको कार्यक्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*