हेटौँडा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले कांग्रेसजनहरुमा चुनावी रन्को लागिरहेको छ । मकवानपुरमा वडा र पालिकाको अधिवेसन दशैं अगाडी नै भएकोले मंसिर ३ गते हुने क्षेत्रीय अधिवेसन तथा महाधिवेसन प्रतिनिधिको लागि अधिवेसन हुदैछ । मकवानपुरमा संघीय क्षेत्र २ वटा रहेको छ भने प्रदेश सभा क्षेत्र ४ वटा रहेको छ । जस अनुसार विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी माहोलमा नेतागण होमिसकेका छन् ।
मकवानपुरमा बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश महाधिवेशनको संख्यामा प्रतिनिधि सभा ९१० प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ तीन महिलासहित १० जना, खस आर्यमा एक जना (खुला), आदिवासी जनजातितर्फ दुई महिलासहित पाँच जना, दलित एक जना, थारुरमुस्लिमरअल्पसंख्यकरअपाङ्गतारमधेशीमध्ये एक जना गरी जम्मा १८ जना रहन्छन् भने मकवानपुरको प्रतिनिधि सभा ९१० प्रदेश सभा (ख) बाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश महाधिवेशनको संख्या प्रत्यक्षतर्फ तीन महिलासहित १० जना, खस आर्यतर्फ एक जना महिलासहित तीन जना, आदिवासी जनजातितर्फ एक जना महिलासहित तीन जना, दलित एक जना, थारुरमुस्लिमरअल्पसंख्यकरअपाङ्गतारमधेशीमध्ये एक जना गरी जम्मा १८ जना रहन्छन् ।
त्यस्तै, मकवानपुरको प्रतिनिधि सभा ९२० प्रदेश सभा (क) बाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश महाधिवेशनको संख्या प्रत्यक्षतर्फ तीन महिलासहित १० जना, खस आर्यतर्फ एक जना महिलासहित दुई जना, आदिवासी जनजातितर्फ दुई जना महिलासहित चार जना, दलित एक जना, थारुरमुस्लिमरअल्पसंख्यकरअपाङ्गतारमधेशीमध्ये एक जना गरी जम्मा १८ जना रहन्छन् ।
मकवानपुरको प्रतिनिधि सभा ९२० प्रदेश सभा (ख) बाट पनि प्रदेश महाधिवेशनको संख्या प्रत्यक्षतर्फ तीन महिलासहित १० जना, खस आर्यतर्फ एक जना, आदिवासी जनजाति तर्फ दुई जना महिलासहित पाँच जना, दलित एक जना, थारु र मुस्लिम र अल्पसंख्यक र अपाङ्गता र मधेशीमध्ये एक जना गरी जम्मा १८ जना रहन्छन् ।
मकवानपुरको ४ वटै प्रदेश सभा क्षेत्रमा प्रदेश क्षेत्रीय कार्यसमितिमा सभापति, दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव गरी सात जना । कार्यसमिति सदस्य १८ जना गरी कुल २५ सदस्यीय कार्यसमिति बन्दछ । सिधाखबरबाट


















