नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको अधिवेशन हेटौंडामा सुरु

हेटौडा टुडे
२ मंसिर २०७८, बिहीबार १०:४९

हेटौँडा/ नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको दोस्रो सम्मेलन हेटौंडामा सुरु भएको छ। महासंघको अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार सुरु भएको हो।अधिवेशन र सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उदघाटन गरेका हुन।

महासंघ बागमती प्रदेशका अध्यक्ष सुर्य बहादुर कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ,नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय अध्यक्ष श्याम गिरी लगायतकाले मन्तव्य व्यक्त गरेका छन।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल,मकवानपुरमा कृयाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ सहित उद्योगको विभिन्न जिल्लाका शाखा कार्यालय र पूर्व अध्यक्षहरु,महासंघका आवद्ध र महासंघलाई सहयोग पुर्‍याउने सहयोगी हातहरूलाई सम्मान गरिएको थियो।१ दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।अधिवेशन र सम्मेलनमा बागमती प्रदेशको १३ जिल्लाको २५० प्रतिनिधिको सहभागिता रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*