आज ५८० वर्षयताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्ने

टुडे संवादाता
३ मंसिर २०७८, शुक्रबार १२:५७

हेटौंडा/आज ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण समेत हो । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । दिउँसो १ बजे चन्द्रग्रहण उच्च बिन्दुमा पुग्नेछ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत क्षेत्र ढाकिनेछ ।

चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देख्न सकिनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्रग्रहण लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*