हेटौंडा/नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अधिवेशन अन्तगर्त क्षेत्र नम्बर १ बाट क्षेत्रिय सभापतिका उम्मेदवार दामोदर खनाल र क्षेत्र नंबर २ बाट क्षेयित सभापतिका उम्मेदावार लोक बहादुर मुक्तानले आ–आफ्नो प्यानल घोषणा गरेका छन् ।
आईतबार साँझ हेटौंडामा संयुक्त पत्रकार सम्मेलन गर्दै खनाल र मोक्तानले प्यानल घोषणा गरेका हुन् । क्षेत्र नंबर १ को क्षेत्रिय सभापतिमा आफ्नो उम्मेदवारी रहने बनताएका खनालले आफ्नो प्यानलबाट सचिव पदमा दोर्जे लामा स्याङ्तान, कविन संगामी, सहसचिवमा मुना पाठक र इन्द्र बहादुर मुक्तान रहेको जानकारी दिए ।
यस्तै यही प्यानलबाट महाधिवेशन प्रतिनिधिका लागी खुल्ला तर्फ पार्टीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ, बिष्णुप्रसाद लामिछाने, रामबाबु बानियाँ, दिनेश उपाध्याय, आनन्दराम पराजुली, शेरबहादुर तामाङ, होमनाथ गौतम, अमृत लामा, शिब प्रसाद खतिवडा राजु, ताराचन्द्र बजागाईको उम्मेदवारी रहेने भएको छ ।
खस आर्यमा मिठाराम दहाल, केशब प्रसाद धिताल, आदिवासी जनजातिमा आशोक शाक्य, सुवात सिं थिङ, चम्फुरत्न लामा, महिला खुलामा पवित्रा वि।क, मिरा बन्जारा, उर्मिला पुलामी, अन्जना उपाध्याय, महिला खस आर्यमा राधा कोइराला, आदिवासी जनजाती महिलामा लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, अमृता थापा दलित प्रतिनिधिमा गोपिलाल वि।क। र अल्पसंख्यकमा रुद्रप्रसाद ढकाल खानको उम्मेदवारी रहेको छ ।
यसैगरि क्षेत्र नंबर २ बाट क्षेत्रिय सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताएका मोक्तानले आफ्नो प्यानलबाट सचिव पदमा थलबहादुर थापा सन्तोष, बलराम घिमिरे, सहसचिवमा निर्मला रुम्बा र विनोद थापा रहेको जानकारी दिए । मोक्तानको प्यानलबाट प्रत्येक्ष प्रदेशसभामा खुला महिला सदस्यमा सक्सना उप्रेपी, सुन्तली सुनार र तारा थापा मगरको उम्मेदवारी रहने जनाइएको छ । यसैगरी खुला पुरुष सदस्यहरुमा राजन मल्ल, जलालदिन मिया, बुद्धिलाल थि, पुस्कर लामाको उम्मेदवारी रहेको छ ।
यस्तै प्रत्यक्ष प्रतिनिधि सभा क्षेत्रबाट महिला सदस्यमा राधिका न्यौपाने र पुरुष सदस्यहरुमा दीपक तितुङ, मदन जोशी, रामशरण धिताल खस आर्य सदस्यमा हरिनारायण हुमागाईं आदिवासी जनजाती महिलामा कृष्णमाया राई र उर्मिला गोल तथा आदिवासी जनजाती पुरुषमा मोहन वाईबा, झमक लामा र कृष्णहरी थापाको उम्मेदवारी रहेको छ । यसैगरी अल्पसंख्यकमा सूर्यबहादुर बि.क र जयकान्त प्रजाको उम्मेदावारी रहने छ ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनिया, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सल्लाहाकार अशोक शाक्य, नवनिर्वाति प्रदेश १ खका सभापति राजेश बानियाँ, निवर्तमान नगरसमापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै सभापति बानियाँले नेपाली कांग्रेस १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई पुनः सभापति पदमा विजयी गराउनको लागि सोही अनुसार मकवानपुर क्षेत्र नंबर १ बाट खनाल र दुईबाट मुक्तानको प्यानल सहित उम्मेद्वारी घोषणा गरेको बताए ।


















