हेटौँडा/ मकवानपुरगढी गाउपालिका वडा नम्बर ६ मा मा रहेको श्री जालपा देवी माध्यमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई प्लान नेपाल द्वारा सरसफाई सम्बन्धित सामाग्रीहरु वितरण गरिएको छ । जसमा ३२ जना मध्ये २९ जनालाई मात्रै सरसफाई सम्बन्धित सामाग्रीहरु वितरण गरिएको बद्री प्रसाद देवकोटाले हेटौँडा टुडेलाई बता्ए । बद्री प्रसाद देवकोटाको उपस्थितीमा उक्त सामाग्रीहरु वितरण गरिएको हो । आयोजीत कार्यक्रममा श्री जालपा देवी माध्यमिक विद्यालयका प्र.अ, विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सेयर गर्नुहोस्


















