बन्दसत्रमा ओलीले पेश गरे १९ पदाधिकारीको सूची, कुन पदमा को को छन् ?

हेटौडा टुडे
१३ मंसिर २०७८, सोमबार १०:१५

हेटौँडा/ एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रमा १९ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

त्यस्तै, उपाध्याक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेका छन् । त्यस्तै, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ र विष्णु रिमाल रहेका छन् ।

त्यसैगरी सचिवमा योगेश भट्टराई, टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ । प्रस्तावित पदाधिकारीमा अध्यक्ष दाबि गरिरहेका भिम रावल र उपाध्यक्ष दाबि गरिरहेका घनश्याम भुसालको नाम रहेको छैन । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*