लागूऔषधसहित हेटौंडाबाट दुइजना पक्राउ

हेटौडा टुडे
१४ मंसिर २०७८, मंगलवार ०८:३७

हेटौँडा/ अबैध लागुऔषध जस्तो देखिने ट्याबलेट सहित १ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–१४ कालापानी बस्ने २६ वर्षिय रविन तामाङलाई पक्राउ गरेको हो ।

कालापानीमा उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याब्लेट र निजको साथमा रहेको रकम ४६ हजार २५० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । उनलाई लागुऔषध र रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी मकवानपुर प्रहरीले लागूऔषध नाइट्रोभेट २ सय २५ ट्याबलेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरपुर्वा गाउँपालिका–७ हनुमान चोक घर भई हाल हेटौंडा–१९ बस्तिपुरमा डेरा गरी बस्ने २३ बर्षीय सुनिल साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा–१० स्थित बसपार्कमा शंकास्पद रुपमा हिंडेको अवस्थामा साहलाई प्रहरीले सुरक्षा जाँच गर्दा उसको साथबाट लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार साहलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*