मकवानपुरगढी गाउँपालिकाले माघ महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने

टुडे संवादाता
२०७८ मंसिर १५, बुधबार १४:५४ गते

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले यहि माघ महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने भएको छ । गतवर्ष देखी बालमैत्री स्थानीय शासन लागु गर्न विभिन्न बाच्न पाउने अधिकारका १४ सुचक, संरक्षणको अधिकारका १० सुचक, विकासको अधिकारका ६ सुचक, सहभागिताको अधिकारका ६ सुचक र संस्थागतका १५ सुचकमा रही कामलाई तीव्रगतिमा भइरहेको जनाइएको छ ।

बुधबार (आज) गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा तथा दिगोपनाका लागि सरोकारवाला सँग अन्तरक्रिया एंव सामूहकि प्रतिवद्धता कार्यक्रमको आयोजना गर्दै हाल सम्म भएका बालमैत्रीका कार्य सम्पादनका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत मुख्य कामहरु बाकीँ रहेको बताए । उनले बाल सहजकर्ताको माध्यमबाट ६६ वटा प्रश्नावलीकोबाट काम भएको बताए । उनले गाउँपालिकामा बालमैत्री घोषणाका लागि बाल श्रम र बाल विवाहको चुनौती रहेको समेत बताए ।

सामाजिक विकास समितिका संयोजक तथा वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुखअतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवाली, गाउँपालिकाका सुचना अधिकारी रामकुमार घलान, विभिन्न शाखाका प्रमुख, राडो नेपाल, ग्रामिण महिला सेवा केन्द्र, गाउँपालिकामा रहेका विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि, टोल विकासका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

मकवानपुरमा यस अघि पहिलो मनहरी गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*