कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

हेटौंडा टुडे
२०७८ मंसिर १७, शुक्रबार १०:१० गते

हेटौँडा/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। बोर्डले सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोना महामारीका कारण पटक–पटक स्थगित भएको परीक्षा गत भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*