हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा मंगलबार (आज)गणेश मन्दिरको स्थापना गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले मन्दिरको उद्घाटन गरेका हुन् ।
रुद्रेश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष राजीव सुवेदीका अनुसार करिब २० लाखको लागतमा गणेश मन्दिरको निर्माण गरिएको हो । ५ दिनसम्म पूूजा गरेर आज मंगलबार गणेशको मूर्ति स्थापना गर्न लागिएको सुवेदीले बताए ।
स्वर्गीय जगन्नाथ सुवेदी (माधव) को स्मृतिमा श्रीमती सुमित्रादेवी सुवेदीले गणेश मन्दिरको निर्माण गर्नुभएको हो । रुद्रेश्वर मन्दिरलाई थप व्यस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउन लागिपरेको अध्यक्ष सुवेदीको भनाई छ ।
सेयर गर्नुहोस्


















