हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्तीपुल नजिकै ४० वर्षिय निर्मला दर्जी बस्दै आएका छन् । सुकुम्बासी बस्तीमा बस्दै आएका निर्मलाका २ छोरा र १ छोरी रहेका छन् ।
उनका श्रीमन क्यान्सरका कारण आज भन्दा ३ वर्ष अगाडी नै बितेको उनी बताउँछन् । बाबुआमा दुबैको माया दिँदै आएकी निर्मला एकल भत्ताको भरमा छोरा छोरिलाइ पाल्ने देखि पढाउँदै आएकी छिन् ।
बालबच्चाहरु स–साना रहेकाले छोरा छोरीको लागि बिहान र बेलुका खानाको जोहो गर्न उनिलाइ निकै मुस्किल छ । ज्याला, मजदुरी देखि अर्काको घरको भाडा माज्दै आफ्नो दिनचर्या बिताउँदै आएकी निर्माला यति खेर भने केही काम नपाएर भौतारिरहेकी छिन् । उनी दिनभर घरैमा बस्दा एक पैसा पनि कमाउन सक्दैनन् बचत छैन् । खाद्यान्न पनि छैन । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ । दुई चार पैसा कमाउन जाने ठाउँ पनि छैन । घरमै बसे छोराछोरी भोकले कराउन थाल्छन् ।
“म त भोकै पनि दुई चार दिन बस्थ्ये” । तर यी स–साना छोराछोरी भोक लाग्यो भनेर कराउन थाल्छन् मैले कसरी फकाउनु भोक लाग्दा समेत खान दिने कुरा हुदैँन भन्दै हेटौंडा टुडे सँग दुख ब्यक्त गर्दछिन् ।
२१ बर्ष देखि राप्ती पुल मुनि बस्दै आएकी निर्माला भन्छिन,अरु जुन सुकै ठाउँमा विकास गरिएता पनि हाम्रो लागि भने केही चासो देखाएको छैन् । पोहोर लकडाउन हुँदा चामल १ बोरा, २ किलो दाल र २ लिटर तेल दिएर गएदेखि हाम्रो अबस्था बुझ्न अहिले सम्मपनि कोहि आएको छैन् । प्लान नेपालको सहयोगले दुई कोठाको बस्ने ठाउँ बनाइदेको छ त्यति घरले गर्दा जाडोमा बाँच्ने आस लागेको छ । खान र लगाउन नपाउनुको पीडा ती महलमा बस्नेलाई के था ? उनी भन्छिन् ।
त्यसैगरि ५६ वर्षिय देउती नेपालीको पीडा निर्मालाको भन्दा दर्दनाक रहेको छ । आफ्नो पेट पाल्नको लागि सिलाइबुनाइ गर्दै कोठा भाडामा बस्दै आएकी देउती सिलाइमा पनि कमाइ नभएको कारण उनी बस्ने ठाउँबाट अलि तल छोरीकोमा गएर आफ्नो पेट पाल्दै आएकी छिन् ।
उनी आँसु पुस्दै भन्छिन, छोरा बुहारी सबै छन् तर के गर्नु बुढेसकालमा पनि म एक्लै बस्नु परेको छ । के गर्नु सास छन् जेल आश हुने रहेछ मर्न पनि सकिँदैन ।
कोठा भाडा तिर्ने सुको पैसा छैन् , २६ हजार त कोठा भाडा नै तिर्नु भैईसको मैले कहाँ बाट ल्याएर कसरी तिरौं ? छोराहरुले तिर्लान भन्नी आस नै छैन् । भारी बोकेर तिरैं भनेनी बुढेसकाल लागिसकेको ।
बस्नको लागि सानो घर मात्रै भए नि यसरी रुनु त पर्दैन थियो होला ? तर के गर्नु के खाइस ? के लगाइस ? भनेर सोध्न पनि स्थानीय सरकार समेत आएको छैन । हामी यहाँ बस्ने सबैको पीडा एउटै छ । भोकले र रोगले कति खेर मरिन्छ थाहानै छैन् ।