निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न

टुडे संवादाता
२०७८ मंसिर २५, शनिबार १५:२७ गते

हेटौंडा/ निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालकृष्ण बजगाँइ निविरोध निर्वाचित भएका छन् ।
शनिवार हेटौंडामा सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट बजगाँईको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । संघको उपाध्यक्ष्मा नारायण बर्तौला, सचिवमा सुदिप तिम्लसिना, कोषाध्यक्षमा रोशन सापकोटा, सह–सचिवमा मन्नु बानीया, र कार्यसमिति सदस्यहरुमा प्रदिप कुमार तिवारी, रविन श्रेष्ठ, उद्धव देवकोटा, अमित श्रेष्ठ र सुवास दहाल चयन भएका छन् ।

संघका अध्यक्ष कृष्णराम न्यौपानेको सभाध्यक्षता भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले वस्तुगत तर्फका व्यवसायीहरु एकरुपता हुन जरुरी रहेको बताउनु भएको छ । व्यवसायीको समस्याको समाधानको निम्ती सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनोज जालान, निवर्तमान अध्यक्ष रवि नेपाल, जुत्ता चप्पल ब्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरी तिमल्सिना, नेपाल ग्याँस बिक्रेता महासंघका बागमती प्रदेश उपाध्यक्ष विनोद मान श्रेष्ठ, मउवा संघका कार्य समिती सदस्य तथा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी लगातको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*