हेटौंडा/मकवानपुर प्रहरीले ६ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई नियन्त्रणमा लिईएको छ । प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी बस्ने ५२ वर्षिय नारायण खड्का र चितवनकै राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षिय अर्जुन अधिकारीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
आज (शनिबार) बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकप्वाईन्टमा चेकजाच गर्ने क्रममा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार रहेका खड्कालाई शंका लागी चेकजाच गर्दा निजले लुकाई छिपाई ल्याएको लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २८० मिलिग्राम फेला परेको हो
त्यस्तै प्रहरीले प्राप्त सूचनाको आधारमा हेटौंडा ११ सहिद स्मारक गेट नजिक शंकास्पद रुपमा हिंडिरहेको अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम फेला परेको हो ।
उक्त फेला पारेको ६ ग्राम ४८० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खड्का र अधिकारी द्वयलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।