जनजाती आयोगको प्रतिवेदन बागमती प्रदेश प्रमुख समक्ष पेश

टुडे संवादाता
२०७८ मंसिर २६, आईतवार १३:०६ गते

हेटौंडा/आदिवासी जनजाती आयोगले आज (आइतबार) बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापामगरले जानकारी दिनुभयो । आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागिपर्न सुझाव दिनुभयो । आदिवासी जनजातीको शिप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्य योजनाहरु अघि बढाउनुपर्ने आफूलाई लागेको बताउनुयो ।

आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभयो । प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारस मणि फुयाल लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*