हेटौंडा/मकवानपुरगढी गाउँपालिकाका एक अधिकारी परिवारमा जिवनमा खुसी सकिय जतिकै भएको छ ।बुढेशकालमा सहारा दिने छोरा विस्तारामा जिवन र मृत्यु सँग लडिरहदाँ बाबु आमालाई जिवनमा खुसी सकिय जतिकै भएको हो ।
प्रशङ्ग हो गढी ३ स्थित मक्रान्चुलीमा बस्दै आएका तिर्थ प्रसाद अधिकारी र मिठ्ठु अधिकारीको
उनको छोरा विनायक अधिकारी हाल १६ वर्षको भए । छोरा विनायक हालसम्म पनि विस्ताराबाट उठ्नसकेका छैनन् । तिर्थ दैनिक ज्याल मज्दुरी गरेर जिविको पार्जन गर्दै आईरहेका छन् । छोराको उपचारको निम्ती तिर्थले लाखौ रुपैयाँ सके तर उपचार सम्भव हुन सकेन । धन सम्पती सबै सके तर छोराको रोग निको भएन ।
विनायक जन्मदा दूरुस्त जन्मिएका थिए । तर जन्मिएको ६ महिना पछि हात खुट्टा सुक्दै गए । उपचारको क्रममा तिर्थले हेटौंडा देखि काठमाडैंसम्म सबै हस्पिटल पुगे । तिर्थले बताए अनुसार डाक्टरलाई देखाउँदा नशा सुकेको र बच्चा कति सम्म बाँच्छ एकिन गर्न नसक्ने बताउँछन् ।
आर्थिक रुपमा विपन्न रहेका अधिकारि परिवारमा अशक्त रहेका विनायक एक्लै छाडेर हिडन नमिल्ने भएकाले प्राय जस्तो काम गर्न घरबाट बुवाआमा मध्ये एक जना मात्र निस्कन पर्ने बाध्यता रहेको छ ।
विनायक हिँडडुल गर्न , खाना खान , उठबस गर्न , दिसा पिसाब केहि पनि गर्न सक्दैनन् । उनि पुर्ण रुपमा शारिरिक अशक्त छन् । पछिल्लो समय तिर्थलाई दैनिकी चलाउन निकै कष्टकर बनिरहेको छ । विनायकको निम्ती औषधि उपचार, पोसिलो आहार लगायत विहान बेलुकाको जोह गर्न निकै गा¥हो भएको छ ।
तिर्थले हेटौंडा टुडे सँग गुनासो गर्दै १६ बर्ष देखि छोरालाई खाई नखाई दुखसुख गर्दै हुर्काउदै आए पनि आर्थिक रुपमा विपन्न रहेकाले विनायकका लागि मात्रै कै सहयोग तथा राहत पाए दैनिकी चलाउन अलि सहज हुने बताएका छन् ।
उनले सम्पूर्ण सहयोगी मन, सामाजिक अभियान्ता र सामाजिक कार्य गर्दै आईरहेकाहरु सँग सहयोगको लागि अपिल गरेका छन् ।
थप समाग्री यस भिडियोमा हेर्नुहोस


















