ग्याँस व्यवसायी संघको साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न

टुडे संवादाता
३ पुष २०७८, शनिबार १६:३०

हेटौंडा/मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष दिलिस गोबिन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा शनिबार हेटौंडा–५ स्थित दक्षिणकालि मन्दिर नजिकैको परिसरमा वनभोज आयोजना भएको हो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) को विशिष्ट आतिथ्यता, मकवानपुर होटल एसोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मदिरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेन्द्र पौडेल, मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघका अध्यक्ष विष्णु दाहाल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेज अधिकारी, नेपाल ग्याँस बिक्रेता महासंघ बागमती प्रदेश समितिका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः राधिका महर्जन र विनोदमान श्रेष्ठलगायतको आतिथ्यता तथा ग्याँस व्यवसायीहरुकोे उपस्थिति रहेको थियो ।

साधारणसभामा सचिव केशव मुडभरी र कोषाध्यक्ष कृष्ण ढुंगानाले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
२०५१ सालदेखि ग्याँस व्यवसायीमा निरन्तरता दिई रहेका संघका पुराना सदस्य तथा सल्लाहकार पिताम्बर ढकाल दम्पतीलाई सम्मान एवं मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित, मनोनित पदाधिकारीहरु र आमन्त्रित सम्पूर्ण सदस्यहरुलाई स्वागत सम्मान समेत गरेको सचिव मुडभरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*