हेटौंडा अस्पतालको सेवा सुधार गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

हेटौंडा टुडे
२०७८ पुष ५, सोमबार १३:४८ गते

हेटौंडा । हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरको नागरिक समाजका प्रतिनिधिको टोलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा हेटौंडा अस्पतालको स्तरोन्नती एवं क्षमता अभिबृद्धि गर्नुपर्ने, सबै खाले रोगको विशेषज्ञ सुविधासहितको सेवाको व्यवस्था गर्नुपर्ने, समयमा डाक्टरको उपस्थिति सुनिश्चित गर्नुपर्ने, बेवारिसे विरामीको उपचारको व्यवस्था मिलाउनुपर्ने, बनिरहेको भवन निर्माण सम्पन्न गरी चाँडै हस्तान्तरण गर्नुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने, विमाको औषधीको राम्रो उपलव्धता हुनुपर्ने र टिकट वितरण प्रणाली व्यवस्थित र छरितो बनाउनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले हेटौंडा अस्पतालबारे आएका सुझावलाई कार्यान्वयन गर्दै अस्पतालको सेवामा सुधार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा हेटौंडा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय सेवा पाउने अवस्था सिर्जना गर्ने बताए । नागरिक समाजका प्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई आंैल्याएर सुधारका लागि सहयोग गर्न मन्त्री लामाले आग्रह गरे ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नागरिक समाजका तिर्थ थापा मगर, नारी संरक्षण केन्द्रका राम मिजार, डेक नेपालकका मानबहादुर वाईबा, पुजा वाईबा, पत्रकार सरिता दाहाल, रामकुमार दानी, दलित महिला संघकी मन्जु रोका लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*