हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा फेरि पनि कोरोना संक्रमण देखिन थालेको छ । मंसिर महिनामा मात्र २ जनामा कोभिड-१९ को संक्रमण देखा परेका थिए । हाल दुबै जना कोरोना संक्रमण मुक्त भइसकेका छ्न । त्यस्तै हेटौंडा अस्पतालमा गरिएको PCR परीक्षणमा हिजो पौष ६ गते मंगलबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का २४ बर्ष को १ जना महिला र आज बुधबार गढी गाउँपालिका वडा नम्बर २ को २२ बर्षको १ जना पुरुषमा गरि २ जना कोभिड -१९ पोजिटिभ देखिएको छ । कोरोनाको संक्रमणदर घटदै गएको अबस्थामा संक्रमण दर पुन देखिदा अनिवार्य रूपमा स्वास्थ्य सतर्कता अपनाउन हुन मकवानपुरगढीका स्वास्थ्य ईकाई प्रमुख ध्रुव प्रसाद लामिछानेले आम सर्बसाधारण अपिल गर्नु भएको छ । हालसम्म कोभिड -१९ विरुद्धको कुनै पनि खोप नलगाएका १२ बर्ष माथिका सबै गाउँबासीले कोभिड १९ विरुद्धको खोप लगाउन नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहुन समेत लामिछानेले अपिल गर्नु भएको छ ।


















