हेटौंडा/नेपालमा थप एकजनामा कोरोना भाइरसको दोस्रो भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ वटा जिन सिक्वेन्सिङ गर्दा एक जनामा ओमिक्रोन र अन्य २१ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्रले ओमिक्रोन पुष्टि भएका ती व्यक्ति ९८ वर्षको रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा।मिश्रले जानकारी दिईन् ।
डा.मिश्रले उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको बनाईन । यस्तै गत २४ घन्टामा देशभर थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार २ सय ३३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ४ सय २४ र एन्टिजेन विधिबाट ९६ हजार ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ सय ७२ जना स्वस्थ भएका छन् ।


















