हेटौंडा ९ का सुमित दुई दिनदेखि बेपत्ता

टुडे संवादाता
२०७८ पुष १२, सोमबार ११:३६ गते

हेटौंडा । हेटौंडामा एक बालक दुई दिनदेखि बेपत्ता भएको छ । बेपत्ता हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ सिमेन्टरोड बस्ने १४ वर्षीय सुमित भण्डारी रहेका छन् ।

परिवारका अनुसार सुमिता शनिबार दिउँसो साथीको घर जान्छु भनेर निस्किएका थिए । उनले एस एण्ड एस सप्लायर्स नंबर प्लेट अंकित इ–स्कुटर पनिसंगै लिएर गएको आफन्तले जानकारी दिएको छ । सुमित हराएपछि परिवारले खोजी गरिदिन प्रहरीचौकीमा निवेदन समेत दिएका छन् । बेपत्ता बालकलाई भेटाउनु हुनेले नजिकेको प्रहरी चौकी वा ९८५५०३१५८८र९८०११३१८८८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*