अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टर मकवानपुर प्रहरीको फन्दामा

टुडे संवादाता
१५ पुष २०७८, बिहीबार १८:३९

हेटौंडा /मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।

बिहिबार आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको गस्ती टोलीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले राप्ती खोलाबाट ना ६ त ३७८३, ना ४ त ५७०७, ना ६ त २९१७, ना ६ त १०५१, ना ७ त ५९७२ र अनटेष्ट ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो ।
अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*