बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो सिमखोलामा दुर्घटना

टुडे संवादाता
२०७८ पुष १६, शुक्रबार १४:१४ गते

हेटौंडा/मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ स्थित सिमखोलामा सुमो दुर्घटना भएको छ । केही समय अघि बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको टाटासुमो दुर्घटना भएको हेटौंडा टुडे स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुमोमा ८ जना सवार रहेका थिए । सवार रहेका यात्रुहरुलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको जनाईएको छ ।
घटना स्थलमा प्रहरी जाँदै गरेको र घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*