हेटौंडा/पर्यटन मन्त्रालय र स्थानीय तहको लगानीमा मकवानपुरगढी दरबारमा पृथ्वीनारायण शाहको सालिक निर्माणको कार्य र दरबार संरक्षणको लागि कार्य अघि बढ्ने भयको छ । आउँदो असार सम्ममा सालिक निर्माणको कार्य, श्रब्य दृश्य भवन निर्माण र शौचालय निर्माणको कार्य सम्पन्न गर्ने गढी गाउँपालिकाको अध्यक्ष बिदुर हुमागाइले बताउनु भयो । मकवानपुर गढि दरवारको लागि २ करोड बजेट छुटाएको र अब छिटै काम सुरुहुने पनि अध्यक्ष हुमागाइले हेटौंडा टुडेलाई बताउनु भयो ।
त्यसै गरि सानो गढीमा संरक्षणको कार्य, ठुलो गढिमा पुननिर्माणको कार्य र ढुङ्गे गढिमा बिकासको कार्य अघि सारेको पनि अध्यक्ष हुमागाइले जानकारी दिनुभयो । यी सबै गढीहरुमा घुम्न आउने सम्पुर्ण पर्यटनहरुको सुबिधाको लागि कोसेली घर, श्रब्य दृश्य घर, शौचालय, बगैँचा , टिकट घर र सुरक्षाको लागि घरको निर्माण हुने पनि अध्यक्ष हुमागाइले बताउनु भयो ।
सम्पूर्ण कुराको अभाव हुन नदिन र घुम्नको लागि राम्रो पर्यटकिय स्थल बनाउनको लागि उक्त कार्य सुरु गर्न लागेको पनि जानकारी दिनुभयो । संरक्षण र पुर्ण निर्माणमा सेनाहरुले पनि सझेदारी गरिरहेको र राम्रो पर्यटन स्थल बनाउने समेत अध्यक्ष हुमागाइले बताउनु भयो ।


















