मेटिदैं गए हेटौंडाका जेब्राक्रसिङहरु

टुडे संवादाता
२०७८ पुष १६, शुक्रबार १७:४० गते

हेटौंडा/बागमति प्रदेशको राजधानी हेटौंडाका सडकमा जेब्राक्रसिङहरु मेटिदै गएका छन् । जस कारणले गर्दा पैदल यात्रीहरुलाई बाटो काट्नको लागि समस्या परिरहेको छ । हेटौंडाको मुख्य सडक कान्तिराजपथमा जेब्राक्रसिङ मेटिएको कारण त्यँहा बाटो काट्ने पैदल यात्रीहरु झुकिरहेका छन् । सवारीहरु तिब्रगतिमा चल्ने भएकोले बाटो काटन्को लागि धेरै समय रोकिन समेत बाध्य भएका छन् ।
प्रदेशको राजधानि हेटौडाको सडक हेर्दा अव्यबस्थित र सम्बन्धित निकायले पनि कम चासो राखेको पाइन्छ । बाटो काट्नको लागि जेब्राक्रसिङको छिटौ व्यबस्था गरदिन पौदल यात्रीले आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*