हेटौंडा/नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले बुधबार (आज)हेटौंडामा पत्रकार सम्मेलन गरेको छ । विद्यार्थीलाई सार्वजानिक यातायातमा ४५ प्रतिशत छुट नपाएको भन्दै अनेरास्ववियु मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गरेको हो । सार्वजनिक बसमा४५% भाडा छुटको माग अनेरास्ववियु मकवानपुरले गरेको छ ।
विद्यार्थिहरुबाट चौतर्फी गुनासो आउन थालेपछी विषयलाई थप ध्यानमा राखेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताउनुभयो । सम्मेलनमा बोल्दै पौडेलले एक पटक सार्वजानिक यातायातहरुलाई पनि जानकारी दिने र त्यस पछि सबै विद्यार्थिले छुट नपाएको खण्डका सडकमै उत्रिएर आन्दोलनमा उत्रने समेत बताउनु भयो ।
यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए । उनले भाडा छुटलाई यातायात व्यवसायीले वेवास्ता गरे अनेरास्ववियु मकवानप’रले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।