हेटौंडा/हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग गरिएको छ । नेकपा (एकिकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन मकवानपुर बहुमुखी क्याम्पस कमिटीले बिहिबार ((आज) क्याम्पसलाई मेसिन हस्तान्तरण गरेको हो ।
सेनिटाइजर मेसिनसँगै एन–९५ मास्क एक कार्टुन, लगभग २० लिटर सेनिटाइजर पनि क्याम्पसलाई हस्तान्तरण गरिएको थियो।
अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष अरुण बर्तौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुमार रुम्बा, जिल्ला कमिटी उपाध्यक्ष शिशिर पराजुली, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकरप्रसाद उपाध्याय लगायत अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्


















