१८३ किलो गाँजा सहित मकवानपुरमा एक जना पक्राउ

हेटौडा टुडे
२७ पुष २०७८, मंगलवार १८:३५

मकवानपुरमा तरकारीको क्रेटमा लुकाई छिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन्।

सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश-३-०१ ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एंव प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताएका छन् । सवारी साधन, गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उक्त लागुऔषध गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षका रामचन्द्र सिंतानलाई पक्राउ गरिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*