स्थानिय तहको निर्वाचन वैशाखमा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

हेटौडा टुडे
३० पुष २०७८, शुक्रबार १७:४६

काठमाण्डौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । आज प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताउनु भएको हो । निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयोगले माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गन आग्रह गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो । निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*