मकवानपुरको सार्वजानिक स्थल तथा बढी भीडभाड हुने ठाउँमा खोप केन्द्र सञ्चालन गर्ने

टुडे संवादाता
२ माघ २०७८, आईतवार १७:१०

हेटौंडा /मकवानपुरको विभिन्न सार्वजानिक स्थल तथा बढी भीडभाड हुने स्थानहरुमा खोप केन्द्रहरुको व्यवस्था गरेर खोप लगाउने व्यवस्था मिलाउने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले आइतबार बैठक बसी उक्त निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मोडरना खोपको दोस्रो मात्रा खोप केन्द्रबाटै १२ देखी १७ वर्ष सम्मले स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी खोप लगाउने भनी निर्णय गरिएको छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सार्वजनिक सेवामा काम गर्ने कर्मचारी, ६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर खोपको व्यवस्था गरि लगाइने जनाइएको छ ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*