बस्तिपुर बजारदेखि बासुदेव तर्फ जाने क्षेत्रमा ३ दिन विद्युत आपुर्ति बन्द

हेटौंडा टुडे
२०७८ माघ ४, मंगलवार १२:०९ गते

हेटौँडा/ नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले युनिलिभर फिडर अन्तर्गत हेटौंडा -१९ बस्तिपुर बजारदेखि बासुदेव तर्फ जाने क्षेत्रमा ३ दिन विद्युत आपुर्ति बन्द हुने बताएको छ।

हेटौंडा-भरतपुर-बर्दघाट प्रशारण लाइन आयोजनाको बस्तीपुर बासुदेव तर्फ एपी ३।० देखी ३।१ डिडि टाइप टावरको तार तन्काउने काम गर्नुपर्ने भएकोले माघ ४ गतेबाट ६ गते ३ दिन बिहान ८ बजेबाट १२ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ।नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले सोमबार एक सुचना जारी गर्दै विद्युत आपुर्ति बन्द रहने जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*