मकवानपुरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

हेटौंडा टुडे
२०७८ माघ ४, मंगलवार १४:१२ गते

हेटौँडा/ कोरोना भाइसरविरुद्धको खोप अभियान अन्तरगत मकवानपुरमा बुस्टर डोज लगाउन सुरु गरिएको छ । हेटौंडा-१ गोरक्षश्वर मन्दिरमा अहिले खोप लगाउने काम भइरहेको छ ।

कोरोनाविरुद्ध पूरा मात्रामा खोप लगाएको ६ महिना अवधि भइसकेकाहरुले मात्रै बुस्टर डोज लगाउन पाउने भएका छन् । कोभिसिल्ड वा भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुरा भइसकेको अवस्थामा मात्रै खोप लगाउने पाइने जनाइएको छ । अन्य विभिन्न खोप लगाएको अवधि ६ महिना नकटेकोले अन्य खोप लगाएकाहरुलाई पछि मात्रै बुस्टर डोज लगाइने जनाइएको छ ।

फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायतलाई बुस्टर डोज लगाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*