• मनहरी गाउँपालिका

अवैध लागुऔषध गाँजासहित घलान पक्राउ

हेटौडा टुडे
५ माघ २०७८, बुधबार १४:५७

हेटौँडा/ मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४९ वर्षीय रामबहादुर घलान रहेका छन । मंगलबार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित घलानलाई  पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*