मोबाइल एपबाटै वर्ल्डलिङ्कको इन्टरनेट सम्बन्धी गुनासो टिपाउन सकिने

हेटौंडा टुडे
२०७८ माघ ५, बुधबार १६:२७ गते

हेटौँडा/ देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले मोबाइल एपबाटै ग्राहक सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो ग्राहक सेवालाई सुधार गर्ने उद्देश्य अनुरूप यो नयाँ सेवा ल्याएको हो ।

यसअघि कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो गुनासो टिपाउनुपर्ने बाध्यता रहेको थियो । तर अब भने कम्पनीको इन्टरनेट कनेक्सन सम्बन्धी कुनै पनि समस्या वर्ल्डलिङ्कको मोबाइल एपबाटै रिपोर्ट गर्न तथा टिपाउन सकिनेछ ।

एपबाट आएको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । एन्ड्रोइड र आईओएस दुवै स्मार्टफोनका लागि कम्पनीको मोबाइल एप उपलब्ध छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*