हेटौँडा/नेपाली बजारमा साताको सुरुदेखि नै बढ्दै आएको सुनको भाउमा शुक्रबार समान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। तेजावी सुन पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३२५ रुपैयाँमा पुगेको छ।
सेयर गर्नुहोस्