सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हेटौंडा टुडे
२०७८ माघ ७, शुक्रबार ११:५३ गते

हेटौँडा/ नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सो ठाउँमा बर्खायाममा पहिरो गएर पटक–पटक यातायात अवरुद्ध हुने गरेको थियो । तर टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी रहेका इन्जिनियर शिव खनालले जानकारी दिए ।

शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरो हाटउन सुरु भएको छ । तर ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएकको छ ।

नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सम्प्न्न भएको छ । सडक विस्तारका लागि ठाउँ ठाउँमा पहाड खन्नु परेको थियो ।

पहाड काटेको ठाउँमा बर्खायाममा पहिरोले निरञ्तर दुस्ख दिदै आएको छ । बेलाबेलामा यसरी सुख्खा पहिरो खसेर पनि थप हैरानी हुन्छ । यो सडकखण्ड हुँदै दिनहुँ १० हजारभन्दा बढी साना–ठूला गाडी ओहोरदोहोर गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*