प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

हेटौंडा टुडे
२०७८ माघ ७, शुक्रबार १२:०९ गते

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । सरकारको ६ महिने कामको जानकारी तथा कोरोना महामारी लगायत बिषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे जानकारी गराउने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*