काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित

हेटौंडा टुडे
२०७८ माघ ७, शुक्रबार १५:४३ गते

हेटौँडा/ नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्ला रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*