गढी -३ मक्रान्चुलिमा मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगको शिलान्यास

हेटौंडा टुडे
२०७८ माघ २०, बिहीबार १९:४६ गते

हेटौडा । मनकामना दुग्ध उत्पादक सहकारि संस्थाको आज ३४ औ बार्सिक उत्सवको अबसरमा आज सहकारिले नया भबनको शिलान्यास गरेको छ ।
मनकामना दुग्ध उत्पादक सहकारि संस्था लिमिटेडको दुग्ध प्रसोधन तथा उत्पादन उघोगको को पुरानो भवन पछाडि सिलन्यास गरेको हो । मकवानपुरगढी ३ मक्रान्चुलिमा संस्थाले खरिद गरेको सात धुर जग्गामा भबनको शिलान्यास आज बिहान भएको हो । संस्थाका अध्यक्ष अजुृन प्रसाद दहाल र वडा अध्यक्ष भागवत धिमिरेले संयुक्त रुपमा धार्मिक बिधी अनुसार भबनको शिलान्यास गरेका हुन ।

सहकारिको आफ्नै आन्तरिक श्रोत बाट स्थानिय सामसरण देबकोटाको सात धुर जगा तेईस लाखमा खरिद गरेको हो सस्थाले उक्त जग्गामा दुई करोड तेत्तिस लाख एकतीस सात सय एकानब्बे रुपैयाँ लागतमा सहकारिले उद्योग सुरु गर्न लागेको हो ।

सस्थाले दुग्ध प्रसोधन कार्यको सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उत्पादनमा वृद्धि गरि बिक्री बित्तरण गर्ने र सन्कलित दुधको विविधीकरण गरि विभिन्न दूध परिकारहरु तयार गर्ने उदेश्य लिएको र अत्याधुनिक डेरि स्थापना गरि गुणस्तरीय घ्यु ,पनिर ,दहि ,आईसकृम उत्पादन गर्ने उदेश्य रहेको सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालले जानकरी दिनु भयो ।

शिलान्यास कार्यक्रममा तीन नम्बर वडाका वडा अध्यक्ष भागबत घिमिरे , सस्थाका पुर्ब अध्यक्ष कृष्ण प्रसाद पोखरेल , सहकारी सस्थाका ब्यबस्थापन शशी लम्साल सस्थाका उपाध्यक्ष केदार लम्साल , धमिलो कृषि सहकारि सस्थाका अध्यक्ष नमराज सन्जेल लगाएतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*