हेटौंडा ११ को त्रिभुवन मावि का विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा

टुडे संवादाता
२०७८ फाल्गुन १०, मंगलवार १४:५६ गते

हेटौंडा/ हेटौंडा ११ स्थित नवलपुरमा रहेको एक विद्यालयमा पठनपाठन नभएकोभन्दै विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गरेका छन् ।

नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकहरुले विगत दशदिनदेखि तलब नपाएकाले पठनपाठन नगराएकोभन्दै विद्यार्थीहरुले राजमार्ग अबरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

विद्यार्थीले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको बताएका छन् । ‘विद्यालयमै राजनीति भएको देखिन्छ । शिक्षकहरु नै दुई समूहमा विभाजित भएका रहेछन् । हामी बुझ्दैछौं ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*