हेटौंडा । अभिनेता (पूर्ण विक्रम शाह ) पल शाह प्रहरी समक्ष उपस्थित भएका छन् । बलात्कारको उजुरी परेपछि केही दिनदेखि सम्पर्क विहीन भएका उनी आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन् । शाह कार्यालयमा आएको जिल्ला प्रहरी तनहुँले पुष्टि गरेको छ। यसअघि शाहले फेसबुकबाट आफु आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । एक जना नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।
शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।
सेयर गर्नुहोस्


















