हेटौंडा ५ मा रहेको द डोर फ्यामिली होटेल जलेर नष्ट

हेटौडा टुडे
३० फाल्गुन २०७८, सोमबार २२:४५

हेटौंडा ५ मा रहेको द डोर फ्यामिली होटेल नाम गरेको रेष्टुरेन्टमा ९आज० सोमवार आगलागी भएको छ । रेष्टुरेन्टमा विद्युत सर्ट भइ आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ ।आगलागीबाट ४ लाख बराबरको रेष्टुरेन्टमा क्षती भएको बुझिएको छ । आगलागीबाट रेष्टुरेन्टमा रहेको कटेज पूर्णरुपमा नष्ट भएको छ भने कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको हो । कटेजमा फैलिएको आगो हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र, प्रहरीको टोली र स्थानीयको सहयोगमामा नियन्त्रणमा लिइएको हो । रेष्टुरेन्ट आशिष गौतमको नाममा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*