खैरो हेरोइन र मोटरसाइकल सहित हेटौंडाबाट तीन जना नियन्त्रणमा

हेटौडा टुडे
१९ चैत्र २०७८, शनिबार ०९:३२

हेटौंडा ।  जिल्ला प्रहरि कार्यालय मकवानपुरले छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन र मोटरसाइकल सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा–२ संगमचोकबाट ना. ४३ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा १५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ ३ का २० वर्षीय आयुषा ठकुरीको साथबाट २ ग्राम ७५० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको हो । मकवानपुर जिल्ला अदालतबाट उनीहरुलाई थप अनुसन्धानका लागि १६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा  १५ रातोमाटे चेकपोष्टमा सवारी साधान चेकको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्र. ३–०२–००६ प २६१४ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा जिल्ला धादिङ निलकण्ठ नगरपालिका १४ का २९ वर्षीय बलराम गुरुङको साथबाट ४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध नाइट्राभेट १३ ट्याब्लेट फेला परेको छ । प्रहरीले थप अनुसन्धानका लागि १८ दिनको म्याद गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*