एमाले छाड्दै उत्तम शर्मा न्यौपानेले रोजे एकीकृत समाजवादी

हेटौंडा टुडे
२०७८ चैत्र २३, बुधबार २१:२२ गते

हेटौंडा ।लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन । न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द भएको हुँ ।

२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेद्वार रहेका न्यौपाने तत्कालीन् एमालेभित्रकै घातका कारण पराजित हुनु परेको बताइन्छ । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०४३ मा आधुनिक राष्ट्रिय मावि, हेटौंडामा अनेरास्ववियूमा संलग्न भई राजनीतिक यात्रामा लागेका हुन् । नेता न्यौपानेले मकवानपुर बहुमुखी क्याम्पसमा २०४४÷०४५ मा प्रारम्भिक कमिटीमा आबद्द, २०४६ मा नेकपा मालेको हेटौंडा नगरको एक्टिभ ग्रुपको सदस्य, २०४७ मा नेकपा मालेको हेटौंडा नगर कमिटीको सचिव, २०५२ मा युवासंघको जिल्ला सचिव, २०५४ मा पिपुल्स भोलिन्टियर्सको नारायणी अंचल संयोजक, २०५५ मा प्ररायुसंघको मकवानपुर जिल्ला अध्यक्ष भई जिम्मेवारी पूरा गरेका थिए । पछिल्लो समय एमाले मकवानपुरमा जिल्ला सदस्यमा रहेका न्यौपानेलाई पार्टी प्रवेश गराउँने कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेल, पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेल,पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेल लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*