मकवानपुरगढी-३ मक्रान्चुलीमा सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवन उद्घाटन

हेटौंडा टुडे
२४ चैत्र २०७८, बिहीबार २१:११

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा  सामुदायिक स्वास्थ्य इकाईको आज बिहीवार नवनिर्मित भवनको उद्घाटन भएको छ । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, ३ नम्बर वडाका वडा अध्यक्ष भागवत घिमिरे स्थनिय बासिन्दा , पत्रकार राजनीतिक दल एवम् विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७७ र०७८ को बजेटबाट करिब २१ लाख रुपैयाँको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको उद्घाटन भए संगै अब ३ नम्ब्रका  स्थानिय बासिले ओ पि डि सेवा , गर्भवति जाँच सेवा, सुत्केरी जाँच, नवजात शिशु तथा बाल रोग सेवा ,घाउ चिरफार सेवा(ड्रेसिङ) , गांउघर ल्किनिक सेवा , खोप किल्निक सेवा , नाक कान घाटि चेक जाँच सेवाको लिन सक्ने स्वास्थ्य ईकाई प्रमुख उमेश अधिकारिले हेटौैडा टुडेलाई जानकारि दिनु भयो । ६ जना कार्यरत रहेको यस सामुदायिक स्वास्थ्य इकाईमा ३ जना अनमि १ जना रोमिङ अनमि र एक जना कार्यालय सहयोगि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*