हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ वर्ष अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक सूचना जारी गर्दै नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गरेका हुन् ।
नयाँ वर्ष २०७९ मा कोभिडबाट थलिएको नेपाली अर्थतन्त्रलाइ माथि उकास्नका पनि हामी सफल हुने विश्वास लिएको उहाँले बताउनुभयो । यसका लागि देश भित्र आर्थिक कृयाकलापमा वृद्धि गर्न व्यवस्थित योजनाका साथ समृद्धिको यात्रामा तीनै तहका सरकारले समन्वय र सहकार्यका गर्दै ठोस योजनाका साथ अघि बढनु पर्ने समय आएको बताउनुभयो । बागमती प्रदेश सरकार समृद्ध प्रदेश निर्माण गर्नका लागि अघि बढाएका नीति तथा कार्यक्रमलाई अझ दृढतापूर्वक जनताले महशुस गर्ने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख छ