स्थनीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता हुदैछ । आज आईतबार हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौंडाको मेयरमा स्वतन्त्रबाट लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडाको उपमेयरका लागि २ जनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सेयर गर्नुहोस्


















