वडामा युवाहरुको आशा बृद्धाहरुको भरोसा, समग्र वडा निमार्णका निम्ति मेरो उम्मेद्वारी : दहाल

हेटौंडा टुडे
२०७९ बैशाख १३, मंगलवार २०:४७ गते

हेटौंडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष पदमा अर्जुन प्रसाद दहालले उम्मेद्वारी दर्ता गराउनु भएको छ । दहाले गढी–३ मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

हेटौंडा टुडेसंग कुराकानी गर्दै दहाल आफु ढुक्कसंग निर्वाचनमा विजय हुने कुरामा कुनै दुई मत नभएको बताउनु भएको छ । आफु सिगों वडामा युवाहरुको आशाा वृद्धहरुको भरोसा रहेको भन्दै समृद्ध वडा निमार्णको निम्ति आफु तत्पर रहेको बताउनु भयो ।

अघिल्लो स्थानीय तहको निर्वाचनपछि वडाका सबै क्षेत्रमा तुलनात्मक विकासका नभएकाले समग्र क्षेत्रको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । दहाल सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजवादी)  कलम चिन्हबाट वडा अध्यक्ष पदका उम्मेद्वार हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*