यसपटक पनि थाहाका जनताले गठबन्धनका उम्मेवारहरुलाई विश्वास गर्छन्

हेटौंडा टुडे
२० बैशाख २०७९, मंगलवार २१:४१

हेटौंडा । स्थानिय तह निर्वाचान नजिकिँदै गर्दा थाहा नगरपालिकामा सत्ता गठबन्धनले प्रचारप्रसारलाई तिब्रता दिइरहेको छ । थाहा नगरपालिकाका प्रमुख पदका उम्मेदवार बिष्णु बिष्टले २०७४ को निर्वाचनामा माओवादी र काँग्रेसका उम्मेवारहरु मेयर उपमेयर निर्वाचित भएपछि जनताका समस्या समाधान र नगरको विकासलाई तिब्रता दिइएका कारण यसपटक पनि जनताले आफुहरुलाई विश्वास गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

थाहा नगरमा गठबन्धन अन्तरगत माओवादी केन्द्रबाट नगर प्रमुख ९मेयर० पदमा विष्णु बिष्ट ुआदर्शु र नेपाली काँग्रेसबाट उपप्रमुख ९उपमेयर० पदमा भरत गोपाली उम्मेदवार बनेका छन् । १२ नम्बर वडा बाहेकका वडामा गठबन्धन नभएपछि मेयर, उपमेयरका लागि दलिय गठबन्धनले मत मागिरहेको उपमेयरका उम्मेदवार गोपाली बताउनुभयो । ‘वडागत अवस्थामा १२ नम्बरबाहेक कुनै पनि वडामा गठबन्धन भएको छैन, ११ वटा वडामा एक्लाएक्लै चुनावी मैदानमा होमिए पनि गठबन्धनमा रहेका सबै दलले मेयर र उपमेयरका लागि प्रचारप्रसारसँगै मत मागिरहेका छन् ।’ गोपालीले भने, ‘यहाँ गठबन्धनको प्रचारप्रसार उत्साहजनक छ ।’

थाहामा यसअघि २०७४ मा पनि माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन भएको थियो । माओवादीबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा काँग्रेसबाट खड्ग गोपाली निर्वाचित भएका थिए ।पाँच दलिय संयुक्त गठबन्धनमा पनि यसपटक माओवादी केन्द्रको मेयर र काँग्रेसको उपमेयर उम्मेदवार हुने गरी थाहा नगरमा तालमेल गर्दा जितका लागि सहज भएको मेयरका उम्मेदवार बिष्णु बिष्टले बताउनुभयो । उहाँले घरदैलो कार्यक्रममा जनतामा गठबन्धनको प्रतिबद्धता पुर्‍याउने र जनताका समस्यालाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसारमा जुटेको जानकारी दिनुभयो । हामी मेयर, उपमेयरका उम्मेदवार दुबै संयुक्त प्रचारप्रसारमा लागि रहेको र वडावडामा रुपमा जनताको उत्साहजनक सहभागिता भएको बताउनुभयो । पर्यटकीय नगरीको रुपमा देशभर परिचित थाहामा पर्यटकीय विकाससँगै अधिकांश जनता कृषिसँग जोडिएकोले आधुनिक कृषिमा जोड दिने समेत प्रमुखका उम्मेदवार विष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*